Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रीन डेभलपमेन्ट बैंकको आइपीओ बाँडफाँट असारभित्रै

२०७३ असार २६ गते

green development bankग्रीन डेभलपमेन्ट बैंकले असार महिनाभित्रै आईपीओ बाँडफाँट गरी चुक्ता पुँजी बढाएको रिपोर्ट राष्ट्र बैंकमा पेस गर्ने तयारी गरेको छ । बाँडफाँट गर्ने दिन भने अझै निश्चित भइनसकेको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडले जानकारी दिएको छ । 

बैंकले जेठ २३ देखि २६ सम्म सेयर निष्कासन खुला गरेको थियो । बैंकले न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म सेयर भर्न पाइने गरी शेयर निष्काशन गरेको थियो । बागलुङमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले एक सय रूपैयाँ अंकित मूल्यको ४ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो । 

बैंकको अधिकृत पुँजी ५० करोड रहेको छ भने जारी पुँजी १० करोड छ । चुक्ता पुँजी पाँच करोड ५० लाख पुगिसकेको छ । आइपीओ बाँडफाँटपछि चुक्ता पुँजी १० करोड पुग्नेछ ।