बैंकिङ खबर । अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउन अबधि थपिएका कारण बैंकिङ कर्जा सम्बन्धि दोस्रो राहत प्याकेज ल्याउने तयारी भएको बताएका छन् । उनले लकडाउन अबधि थपीएकाले पहिलो प्याकेजमा केही थप गरी अर्को प्याकेज ल्याइने बताए । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा उनले संकटको अवस्थामा सरकारले सीमित स्रोत र साधनको उपभोगमा निति तथा कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै राज्यसँग कम पैसा भएको बताए । उनले अहिलेको अबस्थामा पुँजी र उत्पादनलाई जोगाउनु महत्वपूणर्म हुने बताए । अबस्था सामान्य हुनेवित्तीकै उत्पादन क्षेत्रमा लगानी बढाइने पनि उनले बताए । राजस्वका आधार सीमित भएका कारण खर्च धान्न पनि सरकारलाई हम्मे हम्मे परेको उनको भनाई थियो । कृषि र उत्पादनलाई अघि बढाउनेगरी लाग्न पनि उनले उद्योगीहरुलाई आग्रह गरे । उद्योगको उत्पादन नहुँदा ब्याज बढीरहने भएकाले उक्त समस्या हल गर्न सरकारले एउटा प्याकेज ल्याउने आश्वस्थ पारेका छन् । ऋणको साँवा र ब्याज भुक्तानीको समस्या नहोस् भनेर पहिलो चरणमा ल्याएको राहत प्याकेजले हल गर्ने बताए । संक्रमणको अवधि लम्बिएकाले दोस्रो चरणको प्याकेजमा जानुपर्ने अवस्था आएको छ, उनले भने, आउँदो नीति तथा कार्यक्रम र बजेटसम्ममा मध्यकालीन र दीर्घकालीन योजना आउने छन्।
बैंकिङ शैली
बैंकको ऋण र व्याज सम्बन्धि नयाँ राहत प्याकेजको तयारी – अर्थमन्त्री खतिवडा
२०७७ बैशाख ४ गते
