बैंकिङ खबर । विदेशबाट स्वदेश तथा घर फर्किने कामदारबाट कोरोना भाइरस संक्रमण फैलिएको पाइएको एक अध्ययनले देखाएको छ । विश्वमै यस्तो देखिएका कारण विश्व बैंकले विदेशबाट घर फर्किने कामदार तथा अन्य व्यक्तिलाई ध्यन दिन र सजग रहन अनुरोध गरेको छ । विश्व बैंकले आफ्नो रिपोर्टमा सो कुरा उल्लेख गरेको हो । उसले एशिया विश्वको सबैभन्दा धेरै जनघनत्व भएको क्षेत्र भएका कारण सजग रहन भनेको छ । आप्रबासी कामदार र विदेशबाट स्वदेश फर्कनेहरुलाई बढी सजगता अपनाउन रिपोर्टमा भनिएको छ । सो रिपोर्टमा भारतमा अत्याधिक आप्रबासी कामदार रहेको उल्लेख गर्दै अत्याधिक आप्रबासी हिडने क्षेत्रमा स्वास्थ्य र सुरक्षामा ध्यान दिन पनि भनिएको छ ।
बैंकिङ शैली
विदेशबाट फर्कनेहरुमा बढी जोखिम, उनीहरुको स्वास्थ्य र सुरक्षामा ध्यान दिन जरुरी
२०७६ चैत्र ३० गते
