Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

सबैजसो बैंकले निक्षेपमा व्याज घटाउन थाले, ऋणको व्याज जेष्ठ १ बाट घटाइने

२०७६ चैत्र २९ गते

 बैंकिङ खबर । बैंकर्स संघको सहमतिपछि विभिन्न बाणिज्य बैंकहरुले घमाघम व्याजदर घटाउन सुरु गरेका छन् । उनीहरुले निक्षेपतर्फको व्याजदर घटाउन सुरु गरेका हुन् । अधिकाँस बैंकहरुले बैशाख १ गतेबाट व्याजदर घटाएर सूचना प्रकाशन सुरु गरेका छन् । सबैजसो बैंकहरुले यस अघिको ज्याजदरमा १ प्रतिशतका दरले व्याजदर घटाएका छन् ।
बचतखातामा र मुद्धति खातामा यसअघि पाउँदै आएको व्याजमा बैंकहरुले कटौती गरेका हुन् । बैंकर्स संघले गरेको सहमति अनुसार नै सबै वाणिज्य बैंकहरुले निक्षेपतर्फ व्याज घटाएका छन् । बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज दर एक प्रतिशतले झारेर बढीमा ८.७५ प्रतिशत कायम गरेका छन् । यसअघि ९.५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । त्यसैगरी बचत खातामा पनि व्याज घटाएका छन् । बाणिज्य बैंकले बढीमा साढे ६ प्रतिशत दिँदै आएको बचतको ब्याजमा एक प्रतिशत दघटाएर बढीमा ५.५ प्रतिशत कायम गरेका छन् । ऋणको ब्याज घटाउनका लागि निक्षेपको व्याज घटाइएको उनीहरुले बताएका छन् । निक्षेपको ब्याजसँग आधार दर घट्ने र सोही अनुसार ऋणको ब्याज घट्ने बतायएको छ । बैंकहरुले आधार दरमा लिने अधिकतम प्रिमियम दर पनि एक प्रतिशत विन्दुले घटाएका छन्। यसको कार्यान्वयन भने जेठ १ गतेबाट हुनेछ ।

आगामी जेठ १ गतेबाट लागु हुनेगरी ऋणको ब्याज घट्ने बताइएको छ । ऋणको व्याजदर कसरी घटाउने भन्नेबारे टुंगो लागेको छैन । यसबारेमा अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेर निर्णय लिने बताएका छन् । नीजि क्षेत्रका तर्फबाट ऋणीहरुले केहीमहिनाको व्याजदर मिनाहा गर्न अर्थमन्त्रीलाई आग्रह गरेपनि अर्थमन्त्रीले यसमा वास्ता गरेका छैनन् । उता भर्खरै मात्र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका गभर्नर महाप्रसाद अधिकारीले व्याजदरमा छुट दिन नसकिने बताइसकेका छन् । अर्थमन्त्रीकै निर्देशन अनुसार राष्ट्र बैंक अघि बढ्ने राष्ट्र बैंक स्रोतले जनाएको छ । व्याजदरका बारे हतारमा केही निर्णय नगर्न अर्थमन्त्री खतिवडाले गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएको बताइएको छ । सोही अनुसार हाल निक्षेप तर्फको व्याजदर घटाइएको हो । तथापी हालको असहज अबस्थामा बैंकमा निक्षेप संकलन बढ्ने देखिदैन । निक्षेपतर्फको व्याजदर घटाएअनुसार कर्जातर्फ केही प्रतिशत व्याजदर घट्ने अपेक्षा गरिएको छ । तर यसका लागि जेष्ठ १ गतेसम्म पर्खनुपर्ने छ । यस अघि राष्ट्र बैंकले ३ महिने सहुलीयत घोषणा गर्दै वेस रेटमा १ प्रतिशत घटाएको थियो । सोही अनुसार निक्षेपतर्फको व्याज पनि १ प्रतिशतकै दरले बैंकहरुले घटाउन थालेका छन् । वेसरेटसँगै प्रिमियम पनि १ प्रतिशत घटाउने सहमतिमा बैकहरु पुगेका हुन् । अधिकाँस बाणिज्य बैंकहरुले नयाँ बर्षबाट लागु हुनेगरी निक्षेपतर्फको व्याजदर धमाधम घटाइएको सूचना प्रकाशित गरेका छन् ।