बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट ऋण लैजाने ऋणीहरुलाई व्याज मिनाह गर्न नसकिने बताएका छन् । रेडियो एनआरएनसँगको अन्तरबार्तामा उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले सकेसम्मको राहत दिने योजनामा सरकार रहेको उल्लेख गर्दै व्याज मिनाहा गर्न सम्भव नभएको स्पष्ट पारेका छन् । कोरोना संक्रमणका बेला मुलुक लकडाउनको अबस्थामा रहेको समयमा व्यबसायीहरुले व्याज मिनाहा गरिदिन माग गर्दै आएका थिए । सोही सन्दर्भमा गभर्नर अधिकारीले राष्ट्र बैंकको आधिकारीक धारणा ल्याएका हुन् । यस अघि नै नेपाल राष्ट्र बैंकले ३ महिने सहुलीयत प्याकेज घोषणा गरिसकेको छ । जसमा चैत मसान्तसम्मको कर्जा र व्याज असार मसान्तसम्म भुक्तानी गर्न सकिने उल्लेख गरिएको छ ।
