Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

नेपाल राष्ट्र बैंकले कोरोना संकटबाट उत्पन्न आर्थिक क्षतिको अध्ययन गर्ने

२०७६ चैत्र २५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस र यसबाट पर्नसक्ने आर्थिक क्षतिका बारे अध्ययान गर्न समिति गठन गर्ने भएको छ । मंगलबार नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेपछि यस्तो समिति बनाउने निर्णयमा हस्ताक्षर गरे । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई गभर्नर पदमा नियुक्त गरेको थियो । गभर्नर अधिकारीले मंगलबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ सहित विभिन्न कार्यकारी निर्देशकहरुको उपस्थितिमा कार्यभार सुरु गरेका हुन् । कोरोना संक्रमणका कारण उनले खादा तथा माला लगाएर सस्वागत ग्रहण गर्न पाएनन् । राष्ट्र बैंकका सिमित कर्मचारीको उपस्थितमा उनलाई स्वागत गरिएको थियो । पदभार ग्रहणपछि गभर्नर अधिकारीले बर्तमान कोरोना संक्रमण रोकथामका लागि चाल्नुपर्ने आबश्यक कदमहरु र यसबाट उत्पन्न हुने आर्थिक अबस्थाका बारे केही छलफल गरे । यसबारे अध्ययन सुरु गर्ने पनि उनले बताए । उनले यसबारे अध्ययनका लागि समिति गठन गर्ने निर्णय गरेका छन् । लामोसमय कार्यरत राष्ट्र बैंकमा गभर्नर भएर आउन पाउँदा उनले खुसी व्यक्त गरे । १७ औँ गभर्नरको रुपमा नियुक्त भएका अधिकारीले प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर राणा समक्ष सपथ ग्रहण गरी गभर्नरको कार्यभार संहालेका हुन् । सपथ ग्रहणपछि उनले कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।