बैंकिङ खबर । हाल युरोपेली बैंकहरू कठोर दबाबमा छन् किनभने कोरोना भाइरसले सबै प्रमुख अर्थव्यवस्थाहरू रोकेका छन् । “युरोपेली बैंकहरू वित्तीय संकटमा रहेका छन् र कोरोनाभाइरस संकटले लगानीकर्ताको अनिश्चिततालाई बढावा दिदै वित्तीय क्षेत्रलाई नयाँ चोट र्पुयाएको छ,” यसरी कोरोना भाइरसको प्रकोपले बैंकको ब्यालेन्स सीटमा खराब कर्जाको स्तरलाई बढाउने प्रक्षेपण गरिएको छ । व्यवसायीहरु धेरै साना र मध्यम आकारका व्यवसायहरू बन्द गर्न बाध्य भएका छन् र अब उनीहरूले लोन चुक्ता गर्न संघर्ष गर्नुपर्ने छ ।
“स्थानीय, क्षेत्रीय वा विश्वव्यापी आर्थिक अवस्थामा दीर्घकालीन गिरावटबाट भौतिक रूपमा प्रतिकूल असर पार्न सक्छ,“ ड्युश बैंकले एक प्रतिवेदनमा भनेको छ । बैंकका अनुसार यस चरणमा प्रभावको पूर्ण सीमाको पूर्वानुमान गर्न गाह्रो छ । स्रोत अनुसार आर्थिक नतिजा अगाडी बढ्ने महामारीको प्रभाव को मूल्यांकन गर्न गाह्रो छ,“ तर यसले भाइरसको प्रभाव विस्तारै बढ्दै जाँदा यसको “क्रेडिट एक्सपोजर“ निगरानी गर्दछ ।
बैंकले सामना गरेको अर्को लिगेसी मुद्दा कम ब्याज दर हो । २०११ को सार्वभौम ऋण संकटको वृद्धि भएदेखि युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले ब्याज दर रेकर्ड कम तहमा राखेको छ । युरोपियन ऋण दाताहरूले उनीहरुको नाफालाई प्रभाव पारीरहेको गुनासो गरेका छन् । अब उनीहरूले पहिलेबाट भोग्दै आएको समस्याका साथै भाइरसले नयाँ चुनौतिहरू पनि सिर्जना गरिरहेको छ ।
इटाली, स्पेन, फ्रान्स र बेल्जियम जस्ता कोरोना संक्रमित देशहरु र अन्य देशहरु समेत यूरोप मा छन् जुन पूर्ण लकडाउनमा छन् । यसको मतलब व्यवसाय गतिविधि सून्यप्राय छ । आवतजावत बन्द छ, स्कूलहरू बन्द छन्, र स्वरोजगार कामदारहरूले कम आम्दानी पाउन सक्छन् । एयरलाइन्सले उनीहरूको अधिकांश गतिविधिहरू रोकेको छ र होटलदेखि संग्रहालयहरू सम्म सम्पूर्ण पर्यटन उद्योग ठप्प छ । यसैबिच केन्द्रीय बैंकले भाइरसको आर्थिक प्रभावलाई कम गर्न यस वर्ष कुल ७५० अर्ब युरो (४०२ अरब डलर) को सार्वजनिक र निजी ऋंणपत्र खरिद गर्दैछ । यूरो क्षेत्रका सरकारहरूले पनि घरपरिवार र फर्महरूमा उनीहरूको समर्थन बढाइरहेका छन् ।


