Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कोरोना भाइरस नियन्त्रणमा कञ्चन डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

२०७६ चैत्र २० गते

र्बैकिङ खबर । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको यस विषम परिस्थितीमा यस भाइरसको सम्भावित संक्रमणको रोकथाम, नियन्त्रण तथा औषधी उपचार, क्वारेन्टाइन व्यवस्थापन, अतिविपन्न बर्गलाई खाद्यान्न राहतका लागी स्थानीय स्तरमा भैरहेको काम कार्यवाहीमा सहयोग तथा योगदान पुगोस भन्ने उद्येश्यले सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले सुदुरपश्चिममा भीमदत्तनगरपालिका कञ्चनपुर, गोदावरी नगरपालिका कैलाली, शुक्लाफाँटा नगरपालिका कञ्चनपुर, धनगढी उप–महानगरपालिका कैलाली, पुनर्वाश नगरपालिका कञ्चनपुर, अमरगढी नगरपालिका डडेल्धुरा, बेदकोट नगरपालिका कञ्चनपुर, बेल्डाँडी गाउँपालिका कञ्चनपुर, बेलौरी नगरपालिका कञ्चनपुर, घोडाघोडी नगरपालिका कैलाली, बर्दगोरिया गाउँपालिका कैलाली, लम्की चुहा नगरपालिका कैलाली, टिकापुर नगरपालिका कैलाली, कृष्णपुर नगरपालिका कञ्चनपुर, दशरथ चन्द नगरपालिका बैतडी र दिपायल सिलगढी नगरपालिका डोटी गरी जम्मा रु. ७ लाख रकम संस्थागत सामाजिक उत्तरदायित्वस्वरुप आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
साथै लकडाउनको यस विषम घडीमा पनि सम्भावित विभिन्न शाखा कार्यालयहरुवाट ग्राहकहरुलाई विहान ११ः०० बजे देखि दिउँसो १ः०० बजेसम्म बैंकको नगद काउण्टर, रेमिट्यान्स, ECC, eSewa Counter सेवाहरु प्रदान गरीरहेको छ भने ATM र बैंकमा उपलब्ध ग्राहकमुखी विद्युतीय माध्यमका सम्पुर्ण सेवाहरु प्रयोग गर्दा २०७७ असार मसान्त सम्मका लागी शुल्क नलाग्ने ब्यवस्था गरी बैंकिङ्ग सेवा उपलब्ध गराउदै आएको छ ।

Ad