बैंकिङ खबर । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले गण्डकी विकास बैंकद्धारा सरकारले स्थापना गरेको राहतकोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका अध्यक्ष सुशिल गौचन, सञ्चालक किशोर ओझा र प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर संकटको यो समयमा बैंकले गर्नसक्ने सहयोग सम्बन्धमा छलफल गर्नुभएको थियो । उक्त अवसरमा गण्डकी विकास बैंकको तर्फवाट गण्डकी प्रदेशले स्थापना गरेको राहतकोषका लागि बैंकका अध्यक्ष सुशिल गौचनवाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई रु ६ लाखको चेक हस्तान्त्रण गर्नुभयो । गण्डकी प्रदेश बाहेकका बाँकी ६ वटै प्रदेशलाई प्रत्यक प्रदेशलाई रु ४ लाखको दरले २४ लाख रकम हस्तान्तरण गरिने छ ।