Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंक १९ औं वर्षमा प्रवेश

२०७६ चैत्र १९ गते

बैंकिङ खबर । लक्ष्मी बैंक स्थपनाको १८ बर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरु,शेयरधनीहरु,नियामक निकायहरु तथा बैंकसंग प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा जोडिएर निरन्तर सहयोग तथा मार्गदर्शन प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेको छ ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीको यस घडिमा आफ्नो पेशागत धर्म निर्वाह गर्दै अहोरात्र खटिइरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य अत्यावश्यक सेवा प्रदायक व्यक्ति, संघ संस्था तथा निकायहरु प्रति बैंकले आभार प्रकट गरेको छ ।

लक्ष्मी बैंकले स्थपनाकाल देखि नै आफ्ना ग्राहकरुलाई प्रदान गर्ने सेवाहरु सूचना प्रविधिको प्रयोग गरि विभिन्न डिजिटल माध्यमहरु मार्फत प्रवाह गर्दै आगामी दिनमा पनि ग्राहकहरुलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्ने डिजिटल बैंकिङ अभ्यासलाई व्यापक एवं सुदृढ बनाउदै लैजान तथा नविनतम डिजिटल प्रोडक्ट सेवाहरु थप गर्नुका साथै ग्राहकहरुमा आवश्यक ज्ञान र सचेतना बढाउन विशेष रुपले डिजिटल सेवा प्रयोगको लागी साक्षरता अभियान संञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

यस असामान्य परिस्थिका कारणबाट ग्राहकहरुले भोग्नु परेको कठिनाई तथा समग्र अर्थतन्त्रमा पर्ने असरहरुप्रति बैंक संवेदनशिल रहेको तथा यसको सामाना गरी आफ्ना ग्राहकहरुको वित्तीय हितलाई ध्यानमा राखि अर्थतन्त्रमा पर्ने दूरगामी असरहरुलाई न्यूनीकरण गर्न यस बैंक कटिबद्ध रहेको जनाएको छ ।

Ad