बैंकिङ खबर । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीका लागि तीनसदस्इिस समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैंठकले गर्भनर नियुक्तिका लागि अर्थ मन्त्री डा युवराज खतिवडाको संयोजकमा पुर्वगभर्नर बिजयनाथ भट्टराई र पुर्व अर्थ सचिव कृष्णहरी बाँस्कोटा सम्मिलित तीन सदस्यीय समिति गठन गरेको हो । डा. चिरञ्जीवि नेपाल गभर्नरपदबाट अवकास भएको करिव दुइसाता पुग्न लागेको छ । समितिले एकजना डेपुटी गभर्नर सहित नयाँ गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्ने छ । ती तिनजनाबाट मन्त्रीपरिषदले एकजनालाई गभर्नर पदमा नियुक्ति गर्ने छ ।
