बैंकिङ खबर । लकडाउनका बेला सबैजसो बैंकिङ क्षेत्र बन्द छन् । केही बैंकका सिमित शाखाहरु संचालनमा आएका छन् । बैंकिङ क्षेत्रले सेवाको प्रतिबद्धता प्रकट गरेरै केही शाखा संचालन गरेका छन् । यद्यपी बैंकिङ वित्तीय क्षेत्र सुरक्षाका दृष्टिले निकै चुनौतीपूर्ण मानिन्छ । प्रविधिको विकास सँगै अधिकांस बैंकहरुले सिसि क्यामरा जडान गरेका छन् । तथापी ग्रामिण क्षेत्रमा र विशेष गरेर कतिपय लघुवित्त एवं सहकारीहरु पूर्ण रुपमा अझै पनि सक्षम भइसकेका छैनन् । सिसि क्यामेरालाई चुनौती दिएरै वा कुनै पनि माध्यमबाट बैंकिङ क्षेत्रमा लुटपाट हुनसक्ने अबस्था अझै पनि बाँकी छ । केही समय अघि कृषि विकास बैंक, एनआईसी एशिया लगायतका बैंकमा एटीएमबाटै रकम निकाल्ने गिरोहहरु प्रहरीले समात्न सफल भएको थियो । लकडाउनका बेला धेरैको ध्यान कोरोनासँग सम्बन्धित विषयमा केन्द्रीत हुने हुँदा अपराधिक नियतका गिरोहले मौका छोपेको हुन सक्छ । यसअर्थ सरकार र सरोकारवाला निकायले बैंकिङ तथा वित्तीय क्षेत्रको सुरक्षामा सजग अपनाउन जरुरी देखिन्छ ।

