Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ क्षेत्रले सिमित शाखाबाट सेवा संचालन गर्ने

२०७६ चैत्र ११ गते

बैंकिङ खबर । लकडाउनको समयमा सेवा दिनका लागि विभिन्न बैंक वित्तहरुले आआफ्नै तवरले पहल कदमी चालेका छन् । बैंकर्स संघको पहलमा बैंकहरुले बैंकिङ सेवा दिनका लागि सुरक्षा पास समेत लिइसकेका छन् । स्थानीय निकायमा जिल्ला प्रशाशन कार्यालयको अनुमति र प्रवेश पास लिएर बैंकहरुले बैंकिङ कार्यालय खोल्ने छन् ।

काठमाडौं उपत्यका भित्र हरेक बैंकले एउटा जिल्लामा एउटा शाखा खोल्नेगरी तयारी पुरा गरेका छन् । बैंकको कुन शाखाबाट सेवा हुन्छ भन्नेबारे बैंकको हटलाइन वा टेलिफोनबाट जानकारी लिन सकिने छ । लकडाउनका बेला विशेषगरी बैंक वित्तीय क्षेत्रबाट रकम झिक्नेहरु हत्तै बढेका छन् । रकम जम्मा गर्नेहरु छैनन् । मंगलबार केही बैंकहरुले सिमित शाखाबाट सेवा सूचारु गरे । एटीएमबाट रकम झिक्नेहरु धेरै भए । बैंक वित्त क्षेत्रमा सोमबार र मंगलबार रकम झिक्नेको संख्या धेरै रहेको छ । सरकारले लकडाउनको घोषणा गरेपछि आबश्यक खाद्यान्न जुटाउन पनि उपभोक्ताहरुले धेरै रकम झिकेका छन् । यो क्रम विस्तारै कम हुने राष्ट्र बैंकको अनुमान छ । तथापी प्रयाप्त मात्रामा एटीएमहरुमा रकम जम्मा गरिएकाले समस्या नआउने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

केही जिल्लाहरुमा अत्याधिक कडा गरिएका कारण ति ठाउँका बैंकिङ शाखाहरु पूर्ण रुपमा बन्द गरिएका छन् । नेपाल राष्ट्र बैंकले असहज अबस्था भएका कारण बैंकहरुलाई कुनै निर्देशन दिएको छैन । तथापि जिटीटल कारोबार र एटीएमहरु भने सूचारु राख्न राट्र बैंकले निर्देशन दिएको छ । उपत्यकामा केही बैंकले एउटा जिल्लामा एक भन्दा बढी शाखा पनि संचालन गर्न सक्नेछन् । तथापी बैंकहरु आंसिक रुपमा मात्रै खुल्ने छन् । व्याज तथा किस्ता भुक्तानी, रकम झिक्ने र जम्मा गर्ने बाहेकका सेवाहरु भने उपलव्ध हुने छैनन् । 

Ad