Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

छल्नसम्म छलेर यसरी डुवाएका थिए भारतीय ‘एस बैंक’ राणा कपूरले

२०७६ चैत्र ३ गते

बैंकिङ खबर । भारतीय बैंकर राणा कपूरविरुद्ध सीबीआईले नयाँ मुद्धा दर्ता गराएको छ । उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी आरोप छ । सीबीआईले उनको सम्पत्ति र कार्यालयहरुमा छापा मारी उनीसँग अवैधानिक तवरले आर्जन गरेको सम्पत्ति रहेको भन्दै मुद्धा दर्ता गराएको छ ।

राणा कपुरले आफ्ना नातेदार अशोक कपुरसँग मिलेर सन् २००४ मा एस बैंकको स्थापना गरेका थिए । अनेकौँ महत्वाकांक्षी सोचसहित स्थापना भएको र छोटो समयमा नै कर्जा उपलब्धताको आधारमा प्रख्यात बन्न पुगेको उक्त बैंक हाल डुब्ने अवस्थामा आइपुगेपछि राणा कपुरलाई सोधपुछ गर्न बोलाइयो । तर, उनी मानेनन् र असहयोग गरेको आरोपमा पक्राउ परे । त्यसपछि उनको सम्पत्तिमाथिको छानविन सुरु भयो । यसै क्रममा उनीसँग गैरकानुनी तवरले कमाएको सम्पत्ति रहेका पुष्टी भएपछि उनी लगायत उनको परिवार एवम् एस बैंकका अन्य संस्थापकहरु विरुद्ध मुद्धा दर्ता गरिएको छ ।

को हुन् राणा कपुर ?
२०१८मा १.३ विलियन डलर सम्पत्ति सहित राणा कपुर फोर्ब्सको धनाढ्यहरुको सूचिमा १७५६ औँ नम्बरमा परेका थिए । बैंक अफ अमेरिकाका पूर्व एक्जिक्युटिभ समेत रहेका राणा कपुरले एस बैंकको स्थापना मात्रै गरेनन् बैंकलाई भारतको चौथो ठूलो बैंक बनाए । छोटो समयमा सफलता देखेको बैंकलाई अहिले खराब अवस्थामा पुग्न पनि समय लागेन । ९ सेप्टेम्बर १९५७ मा राणा कपुरको जन्म भारतको नयाँ दिल्लीमा भएको थियो । अमेरिकाको न्यु जर्सी स्थित रट्गर्स युनिभर्सिटीबाट एमबीए गरेका कपुरका पिता इण्डियन एयरलाइन्सका पाइलट थिए । उनको स्कुलिङ भने नयाँ दिल्लीमा नै भएको थियो । फ्रांक एन्थोनी पब्लिक स्कुलमा उनले स्कुल लेभलको पढाई सकेका थिए । श्रीराम कलेज अफ कमर्शमा स्नातक सकेपछि उनी एमबीए गर्न अमेरिका गएका थिए ।

सफल करिअर
एमबीए सकेपछि उनले करिअरको सुरुवात पनि अमेरिकाबाटै गरे । बैंक अफ अमेरिकामा मेनेजमेन्ट ट्रेनीका रुपमा सन् १९८० मा प्रवेश गरेर १६ वर्ष सेवारत रहे । त्यसपछि दुई वर्ष उनले जनरल मेनेजरको रुपमा एएनजेड ग्रिन्डलेज इन्भेष्टमेन्ट बैंकमा काम गरे ।

पढाई र करिअरका क्रममा उनले थुप्रै सम्मानहरु पाए । रट्गर्स युनिभर्सिटीबाट, अल इण्डिया मेनेजमेन्ट एसोसिएसन लगायतबाट सम्मान पाएका उनले जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबाट सम्मानार्थ विद्यावारिधी समेत प्राप्त गरेका थिए ।

एमबिए गरेका र बैंकिङ क्षेत्रमा लामो समय काम गरेर अनुभव समेत बटुलेका राणा कपुरले सन् २००३ मा रिजर्भ बैंक अफ इण्डियाबाट एस बैंक स्थापना गर्ने अनुमति पाए र २००४ मा अशोक कपुरसँग मिलेर बैंक संचालन गरे । त्यसअघि अशोक कपुरका साथै हर्किरत सिंहसँग मिलेर रेबो इण्डिया फाइनान्स खोलेका थिए । उक्त फाइनान्समा तीन जनाको २५ प्रतिशत स्वाम्ति थियो भने बाँकी ७५ प्रतिशत नेदरल्याण्डको रेबो बैंकको थियो । एस बैंक सुरु गर्नुअघि उनीहरुले उक्त फाइनान्सको शेयर बेचेका थिए ।

एस बैंकबाट पाएको लोकप्रियता
एस बैंक सुरुवातदेखि नै व्यवसाय विस्तारमा निकै आक्रामक तवरले लाग्यो र छोटो समयमा नै टप बैंक बन्न पुग्यो । ग्रामीण भेगसम्म सेवा विस्तार गरी लोकप्रिय कमायो । अन्य बैंकले लोन नदिएकाहरुलाई लोन दिएर प्रख्यात बन्यो । कर्जा दिन मात्र हैन असुलीमा पनि उनी माहिर भए । सरकारी बैंकले कर्जा उठाउन नसकेको किङफिसरबाट समेत उनले आफ्नो कर्जा असुल गर्ने रणनीति बनाएको बताइन्छ । जसपश्चात् एस बैंकको खराब समय सुरु भयो र अहिले बचतकर्ताकै पैसा फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ । छानविनका क्रममा कपुर र उनको परिवारसँग भने थुप्रै सम्पत्ति देखिएको छ ।

जब असली नियतको पर्दाफास भयो…
आफ्नो परिवारको नाममा रहेको कम्पनीमार्फत २००० करोडभन्दा बढी घुस लिएको आरोपमा पक्राउ गरी छानविन सुरु गरिएको थियो । छानविनका क्रममा अवैधानिक सम्पत्ति मात्रै भेटिएन, संचालनमा मै नरहेको कम्पनीको नाममा समेत लोन पास गरेको पनि भेटियो । सुरुमा लोकप्रियता दिलाएका तिनै कामलाई अब उनको स्वार्थसँग जोडेर हेर्न थालिएको छ । उनले श्रीमती वा छोरीहरुको नाममा रहेको कम्पनीहरुमार्फत कुल ४३०० करोडको हेराफेरी गरेको खुलेको छ ।

सुरुवातमा आक्रामक रुपमा सबैलाई कर्जा बाँडेका कारण नै एस बैंक खराब कर्जाको दलदलमा फसी अहिलेको अवस्थामा आएको भन्ने विश्लेषण पनि गन्छि । यद्यपि, छानविनका क्रममा खुलेको उनले सम्पत्तिले उनका बाहिरी ढोंगको पर्दाफास गर्दै भित्रि र स्वार्थले भरिएको रुपम देखाएको छ ।

२०१५ देखि नै एस बैंकको रिपोर्ट नकारात्मक आउन थालिसकेको थियो । त्यतिबेला उनले उपाय लगाए र बैंकको क्वालिटीमाथि औँला उठाउने कम्पनीमाथि नै मुद्धा दायर गरे । यो आफ्नो कर्तुत लुकाउने उनको प्रयास थियो । यस कार्यमा उनले मिडियासँगको राम्रो राम्रो रिलेसनको फाइदा समेत उठाएका थिए । तर, उनको प्रयास सफल हुन सकेन । २०१७ मा पनि बैंकको रिपोर्टमा ६३५५ करोड खराब कर्जा देखियो । बैंकको अवस्था खराब बन्दै गएपछि कपुर बाठो भएर बैंकबाट नै बाहिरिए । जसपश्चात्, उनको नेतृत्वमा उठाइएका कदमहरुको असर बैंकमा देखिन थाल्यो । उनले बैंक छोडेको एक वर्षमै बैंकको असली अवस्था अगाडी आएको छ । आफ्नो स्वार्थका लागि मात्रै उनले बैंकको इमेज बनाइराखे । जब रियल इमेज बाहिरिन थाल्यो, उनी बैंकबाटै बाहिरिए ।

Ad