बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाका अध्यक्षहरुले लगानीकर्ताका हितका लागि भन्दै संस्था खोलेका छन् । उनीहरुले लघुवित्त संचालक समितिका अध्यक्षहरुको संस्थाका रुपमा ‘लघुवित्त संघ नेपाल’ नामक संस्था गठन गरेका हुन् । यस अघि बैंक संचालक समितिका अध्यक्षहरुले छुट्टै संस्था गठन गरेका थिए । बैंकका अध्यक्षहरुको संस्थालाई पच्छाउँदै लघुवित्त संचालक अध्यक्षहरुले संस्था खोलेका हुन् । चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जगत पोख्रेलको अध्यक्षतामा संस्था गठन गरिएको छ । संस्थामा ३८ वटा लघुवित्तका अध्यक्षहरु सम्मिलित रहेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
Banner News
लघुवित्त वित्तीय संस्थाका अध्यक्षहरु संगठित, खोले ‘लघुवित्त संघ नेपाल’
२०७६ फाल्गुन ३० गते


