Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सुनसरीमा एकै वर्षमा थपिए २३ सहकारी

२०७३ असार १९ गते

sahakariसुनसरीमा एक वर्षको अवधिमा २३ वटा नयाँ सहकारी संस्था दर्ता भएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा चालु आर्थिक वर्षमा कृषि सहकारी संस्था, लघु उद्यम सहकारी संस्था, बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पशु पालक सहकारी संस्था गरी २३ वटा नयाँ सहकारी संस्था दर्ता भएका हुन् ।

जिल्लामा हालसम्म कृषि सहकारी संस्था १९, लघु उद्यम सहकारी संस्था लिमिटेड एक, बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुई र पशु पालक सहकारी संस्था एक गरी एक वर्षको अवधिमा २३ वटा सहकारी संस्था दर्ता भएको कार्यालयले जनाएको छ । रासस
 

Ad