Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आयोजना प्रभावितका लागि लिबर्टी इनर्जीको आईपिओ खुल्यो

२०७६ फाल्गुन २७ गते

बैंकिङ खबर । लिबर्टी ईनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयवासीको लागि आईपिओ निष्काशन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आईपिओमा छिटोमा चैत्र ११ र ढिलोमा चैत्र २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको दर्शाउछ ।

लिबर्टीले लमजुङ जिल्लास्थित २५ मेगावाटको दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । लिबर्टीको प्रवद्र्धनमा बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मेगावाट क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मेगावाट क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ ।

Ad