लुम्बिनी बैङ्क लिमिटेडले आफ्ना शेयर धनीलाई बोनश शेयरको प्रमाणपत्र आगामी मंगलबारदेखि वितरण गर्ने भएको छ । बैंककोे १८ औं वार्षिक साधारण सभाले १० कित्ता बराबर १.५ कित्ता(१०ः१.५) बोनश शेयर प्रमाणपत्र असार २६ गतेसम्म वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले २०७३ वैशाख २७ गते सम्म अभौतिकरण गराएका शेयरधनीहरुको हकमा सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा बोनश जम्मा गरिदिने छ । कम्पनीको शेयर रजिष्ट्रार नागरिक लगानी कोष रहेको छ ।



