Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कैलाशलाई गाभ्न प्राइम बैंकले पायो अन्तिम स्वीकृति

२०७६ फाल्गुन १४ गते

बैंकिङ खबर । प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंकलाई गाभ्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । गत असोज दोस्रो साता मर्जरका लागि सैद्धान्तिक सहमति पाएका प्राइम र कैलाशले गत साता अन्तिम स्वीकृति पाएका हुन् ।

दुई बैंकबीच गत असार २० मर्जरमा जाने सैद्दान्तिक समझदारी भएको थियो भने गत पुस ३ गते मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

कैलाशलाई गाभेपछि प्राइम बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रुपैयाँ पुग्ने छ भने निक्षेप एक खर्ब २८ अर्ब रुपैयाँ र कर्जा एक खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, मर्जपछि देशभर २०० वटा शाखा हुनेछ ।