बैंकिङ खबर । प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोषमा रहेको आफ्नो संस्थापक शेयर बिक्री गरेको छ । प्रति कित्ता न्यूनतम मूल्य १७ सय ५० रुपैयाँ मूल्यमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र खरिद गर्न सक्ने गरी बोलकबोल आह्वान गरिएकोमा नेपाल पुनर्बिमा कम्पनीले प्रति कित्ता १७७६.२ रुपैयाँका दरले शेयर किनेको हो । शेयर खरिदका लागि दुई कम्पनीले आवेदन दिएका थिए।