Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बंगलादेश बैंकद्धारा पशुपति क्षेत्रको सरसफाइका लागि डस्वीन वितरण

२०७६ फाल्गुन ५ गते

बैंकिङ खबर । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघले संरक्षण गर्ने गरी डस्वीन हस्तान्तरण गरेको थियो । नेपाल बङ्गलादेश बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको समुद्धघाटन प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले गरेका थिए । कार्यक्रममा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले विश्व सम्पदासूचि पशुपतिनाथ क्षेत्र वरीपरीको सरसफाइले नेपाली समाजको सभ्यतालाई विश्वभर चिनाउने बताउनु भयो । विश्व सम्पदा सूचिपशुपतिनाथ क्षेत्रमा बैंंकले पहिले देखिनै गर्दे आएको यस प्रकारको लगानिको सामाजिक रुपमा उच्च मुल्याङकन रहेको बताए ।
साथै, यस कार्यक्रममा बैंकको तिलगंगा शाखाको ए.टि.एम पनि उद्धघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकमा खाता नभएका नेपालीहरुलाई नयाँ खाता खोले रु एक सय बैकले नै बचत गरिदिने बताए साथै बैंकका सबै सेवाबाट भरपुर फाइदा लिन आग्रह समेत गरेका थिए ।

Ad