Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दिव्यश्वरीको आईपीओमा ७५ गुणा बढी आवेदन

२०७३ असार १७ गते

ipoविहिबारदेखि शेयर निष्काशन बन्द भएको दिब्यश्वरी हाइड्रोपावर कम्पनिमा माग गरिएकोभन्दा ७५ गुणा भन्दा बढीको आवेदन परेको छ । दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि ३ लाख ९६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमा कुल २ अर्ब ९७ करोड रुपैंया भन्दा बढीको आवेदन परेको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलले जानकारी दिएको छ । कम्पनीको शेयरमा ३ दिनमा मात्र झण्डै डेढ अर्ब रुपैंयाको आवेदन परेको थियो भने अन्तिम दिन मात्रै १ अर्ब ५१ करोड २८ लाख रुपैंयाको आवेदन परेको थियो । सो शेयरका लागि १ लाख १ हजार ६ सय ३७ वटा आवेदन परेको हो ।