Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गण्डकी विकास बैंकको एकैसाथ ३ शाखा विस्तार

२०७६ माघ २४ गते

बैंकिङ खबर । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको ठमेल कपुरधारा, जनकपुरको जनकपुरधाम र बर्दियाको बाँसगढीमा एकै साथ तिन वटा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ । यो समेत बैंकको मुलुक भरी ९५ स्थानमा शाखा विस्तार भएको छ ।
न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को Best Managed Development Bank को एवार्डबाट पुरस्कृत यस विकास बैंकको कुल चुक्तापूँजी रु २ अर्व ७५ करोड रहेको छ भने यहि पौष मसान्त सम्ममा कुल निक्षेप रु.३४ अर्व २५ करोड संकलन गरी रु.२७ अर्व ५३ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । अब उपरान्त बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै ATM वाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आ.ब.सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।
पूर्व ताप्लेजुङ्गको फुङ्ग्लिङ्ग देखि पश्चिमको महेन्द्रनगरसम्म तथा तराई एवं हिमालपारीका जिल्लाहरु मुस्ताङ्ग ,मनाङ्ग तथा जुम्लामा समेत बैंकका शाखा सञ्जाल फैलिएको छ । बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गर्दै विभिन्न प्रकारका बचत एवं मुद्दती खाताहरु सञ्चालनमा ल्याएको छ भने कर्जा तर्फ पनि विभिन्न बर्गहरुलाई लक्षित गर्दै आवास कर्जा , अटो लोन, ओभरड्राफ्ट कर्जा , आवधिक कर्जा , विपन्न बर्ग कर्जा , सुन कर्जा प्रवाह गर्दै आउनुका साथै बैंकले ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा समेत प्रदान गरेको छ । ATM सेवा , मोवाइल बैंकिङ्ग सेवा , SMS बैंकिङ्ग सेवा, चेक क्लियरिङ्ग सेवा, ABBS बैकिङ्ग सेवा, लकर सेवा समेत प्रदान गर्दै आएको छ ।
मेगा बैंक नेपाल लिमिटेडसंग गत आश्विनमा मर्जर/प्राप्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन गर्ने र सवै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।

Ad