बैंकिङ खबर । नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार बालाजु औद्योेगिक क्षेत्र स्थित रहेको इन्फिनिटी ल्याब्समा बनिएको १० वटा व्हीलचियरहरु सिआईएल काठमाडौँद्धारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको थियो । बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका यीव्हीलचियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको हो । यस्ता व्हीलचियरहरु नेपालमै उत्पादन गर्दा विदेशी मुलुकहरु प्रति भर नपरी कम मूल्यमै उपलब्ध गराउन सकिन्छ । बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हीलचियरहरु प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले अपाङ्ग व्यक्तिहरुलाई व्हीलचियर हिड्नु सरह नै भएकोे र यसले उहाँहरुको दैनिक जीवनको गतिशीलतामा सहज पुर्याउने विश्वास दिलाउनु भयो । साथै नेपाली भई नेपालमै बनेका सामानलाई प्राथमिकता दिँदा देशको आर्थिक वृद्धी र देशलाई आत्मनिर्भर बनाउने सन्देश दिनुभएको थियो ।
