Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पुनर्बिमा कम्पनिले पनि सर्वसाधारणका लागि शेयर जारी गर्ने

admin २०७३ असार १७ गते
सेयर:

nriclनेपाल पुनर्बिमा कम्पनिले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ । सरकारी स्वामित्व र बीमा कम्पनीहरुको सहभागीतामा खोलिएको कम्पनीको हालै सम्पन्न पहिलो साधारणसभामा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईले सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया थालनी गरिएको जानकारी दिए । कम्पनीले कम्तिमा तीस प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न सक्ने सम्भावना छ ।

साधारणसभाले कम्पनीको अधिकृत र जारी पूँजी बढाउने संचालक समितिको प्रस्ताव पारित गरेको छ । जसअनुसार कम्पनीको अधिकृत पूँजी ५ अर्बबाट १५ अर्ब रुपैयाँ तथा जारी पूँजी ३ अर्बबाट १५ अर्ब रुपैयाँ पुगेको भने कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । 

२०७१ सालको कात्तिक २१ गते स्थापना भएको नेपालकै पहिलो पुनर्बिमा कम्पनीमा नेपाल सरकारको ४३ दशमलव ५५ प्रतिशत र बाँकी बीमा र अन्य कम्पनीहरुको शेयर स्वामित्व रहेको छ  ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।