बैंकिङ खबर । गत साताभर राताम्मे रहेको शेयर बजारमा यो साता हरियाली छाएको छ । बुधबारबाहेक चारै दिन शेयर बजार बढेको छ । गत साता १२९७.४७६३ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १३२५.३८८७ अंकमा बन्द भएको छ । सेन्सिटिभ इन्डेक्स २८१.७६०५ अंकमा पुगेको छ ।
कारोबार रकम
यो साता सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको ३३ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको २९ करोड ४२ लाख रुपैयाँ, सुर्या लाइफ इन्स्योरेन्सको २१ करोड ६१ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको १७ करोड ९६ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सको १७ करोड ६७ लाख रुपैयाँ, प्रभु बैंकको १७ करोड ४६ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको १६ करोड ९७ लाख रुपैयाँ, डिप्रोस्क लघुवित्तको १६ करोड ८२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १६ करोड ४१ लाख रुपैयाँ र ग्रामीण विकास लघुवित्तको १६ करोड चार लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बजार पुँजीकरण
बजार पुँजीकरणका आधारमा यो साता पनि नेपाल टेलिकम अग्रस्थानमा छ । टेलिकमको ९३ अर्ब रुपैयाँ पुँजीकरण भएको छ । त्यसपछि क्रमशः नविल बैंकको ७४ अर्ब २२ करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६२ अर्ब २७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ५५ अर्ब ३१ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकको ५४ अर्ब ८४ करोड रुपैयाँ, एभरेष्ट बैंकको ५३ अर्ब नौ करोड रुपैयाँ, एनएमबि बैंकको ५१ अर्ब छ करोड रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकको ४८ अर्ब ७८ करोड रुपैयाँ, हिमालयन बैंकको ४७ अर्ब ७० करोड रुपैयाँ र एनआईसी एशिया बैंकको ४६ अर्ब ६४ करोड रुपैयाँ पुँजीकरण भएको छ ।
किनबेच भएको शेयर संख्या
यो साता सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको १०१२ कित्ता शेयर किनबेच भएको छ । त्यसपछि क्रमशः प्रभु बैंकको ६९० कित्ता, नेपाल बैंकको ५२९ कित्ता, सुर्या लाइफ इन्स्योरेन्सको ४९३ कित्ता, ग्रामीण विकास लघुवित्तको ३५९ कित्ता, प्राइम लाइफ इन्स्योरेन्सको ३२९ कित्ता, एभरेष्ट इन्स्योरेन्सको ३२१ कित्ता, एसियन लाइफ इन्स्योरेन्सको ३१६ कित्ता, नेको इन्स्योरेन्सको ३०१ कित्ता र नेपाल लाइफ इन्स्योरेन्सको २९७ कित्ता शेयर किनबेच भएका छन् ।
शेयर खरिदविक्री
पाँच दिनमा सबैभन्दा धेरै पटक शेयर खरिदविक्री हुनेमा पनि ग्लोबल आईएमई बैंक नै रहेको छ । बैंकको शेयर ३३५४ पटक खरिदविक्री भएका छन् । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सको शेयर २१६६ पटक, नेपाल लाइफ इन्स्योरेन्सको २१४९ पटक, नाडेप लघुवित्तको १७७० पटक, ग्रामीण विकास लघुवित्तको १६५२ पटक, एभरेष्ट इन्स्योरेन्सको १५०९ पटक, डिप्रोस्क लघुवित्तको १४३९ पटक, प्राइम लाइफ इन्स्योरेन्सको १४३२ पटक, एसियन लाइफ इन्स्योरेन्सको १३६० पटक र प्रभु बैंकको शेयर १३५१ पटक खरिदविक्री भएका छन् ।
शेयर सूचिकरण
साताभरमा एउटा कम्पनीको मात्रै शेयर नेप्सेमा कारोबारका लागि सूचिकृत भएको छ । सनराइज बैंकको ३० लाख कित्ता डिबेञ्चर नेप्सेमा सूचिकृत भएको हो । अर्को सातादेखि उक्त डिबेञ्चरको कारोबार हुनेछ ।




