
बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २०७६ माघ ११ गते शनिवारका दिन वित्तीय संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षता तथा नेपाल राष्ट्र बैंकका गर्भनर श्रीमान डा. चिरन्जीवि नेपालको प्रमुख आतिथ्यतामा ट्याब्लेट बैंकिङ्ग प्रणालीको औपचारिक शुभारम्भ कार्यक्रम रुपन्देही जिल्लाको बुटवलमा अवस्थित होटल न्यू इरा मा सम्पन्न गरेको छ ।
दियो मा दीप प्रज्वलन गरी औपचारीक कार्यक्रमको सुरुवात सँगै शाखा कार्यालय पड्सरीमा आवद्ध बैंकिङ्ग समुदाय सदस्य कविता थारु चौधरी लाई उहाँको खाताको Statement ट्याब्लेट मार्फत प्रिन्ट गरी नीजलाई हस्तान्तरण गरी नेपाल राष्ट्र बैंकका गभर्नर श्रीमान् डा. चिरन्जीवि नेपालले Tablet Banking Launching Ceremony को उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर श्रीमान् डा. चिरन्जीवि नेपालले संस्थामा आवद्ध समुह सदस्यहरुलाई लक्षित गरी संस्थाबाट उपलब्ध हुने कर्जा सुविधाको उपभोग गर्दा आफ्नो आवश्यकता र क्षमता अनुसारको कर्जा उपभोग गर्न सकेमा यसैबाट लखपति, करोडपति पनि बन्न सकिने, आफ्नो जीवन सरल र सहज बनाउन सकिने । ऋण लिदाँ बुझेर मात्र लिने र त्यसको सही सदुपयोग गर्नु पर्ने अन्यथा संस्थाले कुनै पनि बेला नछोड्ने कुरा बताउनु भयो । संस्थाले आफ्नो संस्थाका गतिविधिहरु सञ्चालनको लागि नयाँ प्रविधिको सुरुवात गर्न गईरहेकोमा यसको सफलताको शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले प्रविधिको उचित प्रयोग गरी यस मार्फत अधिक लाभ प्राप्त गर्नतर्फ संस्था लाग्नु पर्नेमा विशेष जोड दिनुभएको थियो ।
विशिष्ट अतिथी प्रदेश नं. ५, योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले लघुवित्त वित्तीय संस्थाहरु ग्रामीण क्षेत्र सम्म पुगेर आफ्नो सेवा प्रदान गर्दै गर्दा यस्ता प्रविधिहरुको प्रयोगले अझ बढी उत्पादकत्व वृद्धि हुनेमा आफु विश्वस्त रहेको बाताउनुभयो साथै, प्रदेश नं. ५ कृषिको लागि उर्भर क्षेत्रहो र यो प्रदेश जनसंख्याको हिसावले पनि धनी प्रदेश भएको हुँदा कृषि क्षेत्रमा लागि उत्पादनलाई बृद्धि गर्नको लागि लाग्नु पर्ने र त्यसको लागि प्रदेश सरकार ले के कस्तो सहयोग गर्नु पर्ने हो त्यसमा प्रदेश सरकार सदैव तयार रहको बताउनु भयो । कार्यक्रममा Sakchyam Access to Finance परियोजनाका टिम लिडर निर्मल दाहाल, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख राजेन्द्र भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक गोविन्द प्रसाद नागिला, चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेल, मिडिया इन्टरनेशनलका अध्यक्ष एवम् वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोष, ध्ष्लचयअप क्ष्लतभचलबतष्यलब िनेपालका कार्यक्रम अधिकृत रविन श्रेष्ठ, संस्थाका सञ्चालक समितिका सदस्यहरु, संस्थापकहरु, प्रमुख कार्यकारी अधिकृत, विभिन्न उर्जा प्रविधि कम्पनीका प्रतिनिधीहरु, कर्मचारीहरु, पत्रकारहरु र विभिन्न शाखामा आवद्ध समुह सदस्यहरुको उल्लेख्नीय उपस्थिती रहेको थियो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त यस जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्ला र थप ८ वटा पहाडी जिल्ला गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवाको पँहुच बाट बञ्चित करिब ४२,००० गरीव तथा विपन्न घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल सम्म संस्थाले समुह सदस्यहरुबाट करिव ४९ करोड बचत संकलन गरेको छ भने करिव १ अर्व ५३ करोड कर्जा लगानी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी गराउनु भएको छ ।