Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लामो समयपछि शेयर बजारमा उत्साह : कारोबारमा कुन कम्पनी अगाडी ?

२०७६ माघ ३ गते

बैंकिङ खबर । यो साता शेयर बजारमा ठूलो सुधार देखिएको छ । गत साता १२१३.११५१ अंकमा बन्द भएको नेप्से परिसूचकले यो साता १३ सयको विन्दु पार गरेको छ । नेप्से परिसूचक १३१०.२३१ अंकमा छ भने सेन्सिटिभ इन्डेक्स २८२.८७५४ अंकमा छ ।

कारोबार रकम
पाँच दिनमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको २६ करोड ७६ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । त्यसपछि क्रमशः शिभम सिमेन्ट्सको २२ करोड ५३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २२ करोड २६ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको २१ करोड नौ लाख रुपैयाँ, नागरिक लगानी कोषको १६ करोड ९७ लाख रुपैयाँ, प्रभु बैंकको १६ करोड ५४ लाख रुपैयाँ, डिप्रोस्क लघुवित्तको १५ करोड ६० लाख रुपैयाँ, एनएमबि बैंकको १५ करोड २६ लाख रुपैयाँ, नेपाल बैंकको १५ करोड १८ लाख रुपैयाँ र एनसीसी बैंकको १३ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बजार पुँजीकरण
बजार पुँजीकरणका आधारमा यो साता पनि नेपाल टेलिकम अग्रस्थानमा छ, जसको पुँजीकरण ९५ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, नविल बैंकको ७५ अर्ब ७४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ५८ अर्ब १६ करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५७ अर्ब १० करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकको ५५ अर्ब ९७ करोड रुपैयाँ, एभरेष्ट बैंकको ५३ अर्ब एक करोड रुपैयाँ, एनएमबि बैंकको ५२ अर्ब ३१ करोड रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकको ५० अर्ब ८७ करोड रुपैयाँ, हिमालयन बैंकको ४९ अर्ब ३३ करोड रुपैयाँ र एनआईसी एशिया बैंकको ४६ अर्ब १५ करोड रुपैयाँ पुँजीकरण भएको छ ।

किनबेच भएको शेयर संख्या
प्रभु बैंकको सबैभन्दा धेरै ६७५ कित्ता शेयर किनबेच हुँदा कुमारी बैंकको ६२२ र एनसीसी बैंकको ६०५ कित्ता शेयर किनबेच भएका छन् । त्यस्तै, एनआईसी एशिया बैंकको ५८२ कित्ता, नेपाल बैंकको ५४४ कित्ता, सेञ्चुरी बैंकको ४८० कित्ता, सिभिल बैंकको ४६९ कित्ता, शिभम सिमेन्ट्सको ४४७ कित्ता, माछापूच्छ्रे बैंकको ४३१ कित्ता र एनएमबि बैंकको ४२० कित्ता शेयर किनबेच भएको छ ।

शेयर खरिदविक्री
एनआईसी एशिया बैंकको शेयर सबैभन्दा धेरै १९४१ पटक खरिदविक्री भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको १६९५ पटक, ग्रामीण विकास लघुवित्तको १६६१ पटक, शिभम सिमेन्ट्सको १६४५ पटक, एनएमबि बैंकको १५१९ पटक, एनसीसी बैंकको १४५३ पटक, फस्र्ट माइक्रोफाइनान्सको १४१२ पटक, प्रभु बैंकको १३८६ पटक, रसुवागढी हाइड्रोको १३७५ पटक र कुमारी बैंकको १३१७ पटक शेयरको खरिदविक्री भएको छ ।

शेयर सूचिकरण
यो साता जम्मा दुई वटा कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएका छन् । जनता बैंकलाई मर्ज गरेको ग्लोबल आईएमई बैंकको सात करोड २० लाख ८७ हजार ८१ दशमलव दुई कित्ता शेयरको सूचिकरण भएको छ । त्यस्तै, सृजना फाइनान्सको २७ लाख ६४ हजार छ सय ९२ कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचिकृत भएको छ । अर्को सातादेखि यी शेयरहरुको कारोबार सुरु हुन्छ ।