बैंकिङ खबर । पुष मसान्त नजिकिँदै गर्दा वित्तीय संस्थाहरु एजीएमको चटारोमा छन् । समयमै उजीएम नगर्ने अनि अन्तिम अबस्थामा गर्ने रोग पहिलैदेखिको हो । पुष २७ गते कृषि विकास बैंक र स्पर्श लघुवित्तको वार्षिक साधारणसभा रहेको छ भने २८ गते नेपाल इन्भेष्टमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको साधारणसभा छ । पुष महिनाको अन्तिम दिन अर्थात २९ गते २२ वटा वित्तीय संस्थाको साधारणसभा छ । यो दिन साधारणसभा गर्ने वित्तीय संस्थाहरुमा सात वटा विकास बैंक, छ वटा फाइनान्स कम्पनी र बाँकी लघुवित्त वित्तीय संस्था छन् । विकास बैंकहरुमा लुम्बिनी, गण्डकी, कञ्चन, ज्योति, सिन्धु, सांग्रिला र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै, फाइनान्स कम्पनीहरुमा आईसीएफसी, युनाइटेड, गुडविल, गुहेश्वरी, सिटी एक्सप्रेस र समृद्धि फाइनान्स रहेका छन् भने लघुवित्तहरुमा फरवार्ड कम्युनिटी, उन्नति, समता, समिट, विजय, मिथिला, सपोर्ट र नेपाल सेवा लघुवित्त रहेका छन् ।