Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशियाका ग्राहकलाई फुडमाण्डूमा विशेष छुट

२०७६ पुष २२ गते

बैंकिङ खबर । फुडमान्डु प्रा. लि.को Online Food Festival 2020 मा एन आई सी एशिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । यस अन्तर्गत Online Food Festival 2020 मा बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी QR मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउन सक्नेछन् । यो अफर पौष २१, २०७६ देखि पौष २७, २०७६ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहकहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

हाल यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

Ad