बैंकिङ खबर । सिन्धु विकास बैंकले १२.०९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५।७६ को मुनाफाबाट ११.५१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी ५० करोड २७ हजार रहेको छ ।