Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीको जोखिम न्युनीकरणका लागि ‘गो-एएमएल’

२०७६ मंसिर ३० गते

बैंकिङ खबर । माघ १ गतेदेखि नेपालको वित्तीय क्षेत्रमा गोएएमएल लागू हुँदैछ । विश्वका प्रायः देशहरुमा लागू भइसकेको यो सफ्टवेयर अब नेपालमा पनि लागू हुन लागेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई आगामी माघ १ गतेदेखि एवम् विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ०७७ असार १ गतेदेखि गोएएमएल लागू गर्न निर्देशन दिएको छ ।

के हो गोएएमएल ?
गोएएमएल वित्तीय क्षेत्रका लागि तयार गरिएको अन्तर्राष्ट्रिय स्तरको एकप्रकारको सम्पती शुद्धिकरण सम्बन्धी सफ्टवेयर हो । यो सफ्टवेर राखेपछि कुनै पनि व्यक्तिले कुनै बैंक तथा वित्त कम्पनीमा गएर कुनै व्यक्तिको खातामा रकम जम्मा गर्ने व्यक्तिले पनि आफ्नो ३ पुस्ते विवरण भर्नुपर्नेछ । साथमा आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्ट चाहिन्छ । रकम जम्मा गर्न बैंक जाँदा पहिलेको भन्दै केही बढी समय लाग्नेछ ।

किन गोएएमएल ?
बैंकिङ क्षेत्रलाई पारदर्शी बनाउँदै यसको विकास र सुढृणिकरणका लागि वित्तीय क्षेत्रमा गोएएमएल लागू गरिन्छ । यो सफ्टवेयर लागू भएपछि नेपालको बैंकिङ प्रणाली अन्तराष्ट्रिय स्तरको हुनुका साथै वित्तीय पारदर्शीता बढेर बैंकिङ जोखिम र अपराधिक घटनाहरु न्यून हुने अपेक्षा गरिएको छ ।

Ad