बैंकिङ खबर । नविल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले तीन महिनामा नै अर्बमाथि नाफा कमाएका छन् । नविल बैंक र राष्ट्रिय वाणिज्य बैंकको मुनाफामा थोरै मात्रै अन्तर रहेको छ । थोरै भएपनि नाफामा राष्ट्रिय वाणिज्य बैंक अगाडी रहेको छ । वितरणयोग्य मुनाफा पनि राष्ट्रिय वाणिज्य बैंककै सबैभन्दा धेरै रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको तुलनामा ०.७६ प्रतिशत वृद्धि गर्दै एक अर्ब १२ करोड ७५ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको मुनाफा एक अर्ब ११ करोड ९० लाख ७४ हजार रुपैयाँ थियो । रेगुलेटरी रिजर्भबाट ४३ करोड २० लाख रुपैयाँ रिटेन गरेका कारण यस बैंकको खुद मुनाफाभन्दा वितरणयोग्य मुनाफा बढी छ । बैंकको वितरणयोग्य नाफा एक अर्ब ३० करोड ६३ लाख ११ हजार रुपैयाँ रहेको छ ।
नौ अर्ब ४९ करोड ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब ७१ करोड ७१ लाख २७ हजार रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानी भने १२.९९ प्रतिशतले घटेको छ । तीन महिनामा बैंकले दुई अर्ब २६ करोड ७८ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको निक्षेप १.४ प्रतिशतले घटेर एक खर्ब ८७ अर्ब ३६ करोड ७६ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि ०.७८ प्रतिशतले घटेर एक खर्ब ४३ अर्ब ३३ करोड ३१ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
बैंकको सिसिडि रेसियो ७१.९७ प्रतिशत, पुँजीकोष अनुपात १३.९५ प्रतिशत, खराब कर्जा ३.५ प्रतिशत, आधार ब्याजदर ६.६ प्रतिशत र स्प्रेड रेट ५.९६ प्रतिशत रहेको छ ।
नविल बैंक
नविल बैंकले एक अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ६.७६ प्रतिशतले बढीे हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब पाँच करोड २४ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ७४ करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
नौ अर्ब एक करोड १८ लाख ४५ हजार रुपैयनन् चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब ५७ करोड ८८ लाख ५४ हजार रुपैयाँ राखेको छ । तीन महिनामा बैंकले एक अर्ब ९१ करोड ८६ लाख खुद ब्याज आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको भन्दा ४.०९ प्रतिशतले बढी हो । बैंकको निक्षेप ६.१६ प्रतिशतले बढेर एक खर्ब ७२ अर्ब ९९ करोड ४८ लाख ७१ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६.२७ प्रतिशतले बढेर एक खर्ब ३५ अर्ब ४८ करोड ९० लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ९३ पैसा, सिसिडि रेसियो ७४.०९ प्रतिशत, पुँजीकोष अनुपात १२.२ प्रतिशत, खराब कर्जा शुन्य दशमलव ६५ प्रतिशत, आधार ब्याजदर ७.९४ प्रतिशत, कोषको लागत ६.२ प्रतिशत र स्प्रेड रेट ४.४५ प्रतिशत रहेको छ ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले एक अर्ब ९६ लाख ५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ३४.१३ प्रतिशतले बढीे हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ४४ करोड ८४ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
नौ अर्ब ७१ करोड ७६ लाख ५१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा चार अर्ब ५० करोड ८६ लाख ८० हजार रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानीमा भने गिरावट आएको छ । तीन महिनामा बैंकले एक अर्ब ८४ करोड १४ हजार खुद ब्याज आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको भन्दा १.२२ प्रतिशतले कम हो । त्यस्तै, बैंकको निक्षेप गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १.३७ प्रतिशतले बढेर एक खर्ब ७९ अर्ब २४ करोड चार लाख ८६ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८.१६ प्रतिशतले बढेर एक खर्ब ५४ अर्ब २० करोड ३२ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४० रुपैयाँ ७८ पैसा, प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ६१ पैसा, सिसिडि रेसियो ७८.३५ प्रतिशत, पुँजीकोष अनुपात १२.३ प्रतिशत, खराब कर्जा शुन्य दशमलव ०.४५ प्रतिशत, आधार ब्याजदर ९.५१ प्रतिशत र स्प्रेड रेट ५.१ प्रतिशत रहेको छ ।




