बैंकिङ खबर । कार्यान्वयनमा आएको एक वर्षसम्ममा पनि प्रभावकारी हुन नसकेपछि नेपाल राष्ट्र बैंक्ले सहुलियत कर्जासम्बन्धी कार्यविधिमा संशोधन गरेको छ । जसअनुसार, अब विदेशबाट फर्केका युवा परियोजना कर्जा लिन वैदेशिक रोजगारीबाट फर्केको ३ वर्ष ननाघेको र वैदेशिक रोजगारीमा बस्दा सम्बन्धित क्षेत्रमा ६ महिना काम गरेको हुनु नपर्ने भएको छ । त्यस्तै, सहुलियतपुर्ण कर्जा प्रवाह गर्दा लाग्ने कर्जा सुचना शुल्कको साथै बीमा प्रिमीयम र कर्जा सुरक्षण शुल्क पनि लिने पाउने ब्यवस्था गरिएको छ । कपडा उद्योग र सिटिइभिटिको तालिम लिनको लागि पनि ५ प्रतिशत ब्याज अनुदान सहुलियतपुर्ण कर्जा लिन पाउने ब्यवस्था गरिएको छ ।
Banner News
विदेशबाट फर्केर उद्यम गर्न चाहनेलाई सजिलो, सहुलियत कर्जा सम्बन्धी कार्यविधिमा संशोधन
२०७६ मंसिर १७ गते