Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ग्लोबल आईएमई र जनता बैंकको एकीकृत कारोबार आगामी शुक्रबारदेखि

२०७६ मंसिर १३ गते

बैंकिङ खबर । ग्लोबल आईएमई बैंक र जनता बैंकले यही मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपछि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार हुन लागेको हो । यससँगै ग्लोबल आईएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्ने छ ।

मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीन वटा बैदेशिक सम्पर्क कार्यालय रहनेछन् । बैंकमा झन्डै साढे तीन हजार कर्मचारीहरु रहने छन् भने झन्डै २० लाख ग्राहक हुनेछन् ।

मर्जपछि बन्ने बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकबाट पाँच जना र जनता बैंकबाट दुई जना रहनेछन् । अध्यक्षमा भने चन्द्रप्रसाद ढकाल रहने छन् । त्यस्तै, पर्शुराम कुँवर क्षेत्री प्रमुख कार्यकारी अधिकृत रहने छन् ।

Ad