बैंकिङ खबर । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्युरोडशाखाले इन्द्रावती गाउँपालिका – १२ भिमटारमा अवस्थित श्री ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाको लागि स्कुल ब्याग लगायत स्टेसनरी सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । डा. उत्तम उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी, बैकको मसुरिया शाखाले आफ्नो शाखाको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच ट्राफिक जनचेतना सम्बन्धी बोर्डहरु सुदूर पश्चिम प्रदेशका ट्राफिक प्रहरीका प्रहरी उपरक्षीक लोकेन्द्र श्रेष्ठ र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाका प्रमुख चक्र बहादुर मल्ललाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका प्रमुख भिम बहादुर देउवा, विशिष्ठ अतिथि सुदूर पश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ लगायत अन्य प्रहरी, बैंकका कर्मचारीहरु र सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
बैंक-वित्त
महालक्ष्मी विकास बेैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
२०७६ मंसिर १३ गते
