बैंकिङ खबर । लक्ष्मी बैंकको शाखा संख्या ११९ पुगेको छ । कपिलवस्तुको गोरुसिङे र पकडिमा नयाँ शाखाहरु विस्तार गरेसँगै बैंकको शाखा संख्या ११९ पुगेको हो । यीे शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य छ ।
४८ जिल्लाका विभिन्न स्थानमा शाखा मार्फत सेवा पुर्यारहेको बैंकले २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमार्फत पनि सेवा दिँदै आइरहेको छ ।