बैंकिङ खबर । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) कार्यान्वयनमा आएको छ । गत भदौदेखि नै कार्यान्वयनमा ल्याएको यस प्रणालीले अब भने राम्रोसँग काम गर्न थालेको छ । यो सिस्टम लागू भएसँगै अब चेक नकाटी सिधै भुक्तानी गर्न मिल्ने भएको छ । यसले चेकको क्लियरिङ गर्नुपर्ने झन्झट हटेको छ भने तत्कालै एक बैंकबाट अर्को बैंकमा भुक्तानी हुने भएको छ ।
अहिले चेक काटेर क्लियरिङमा पठाउनुपर्ने हुँदा भुक्तानी हुन एक दिनभन्दा बढी लाग्छ । राष्ट्र बैंकले २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा यो सेवा सुरु गरेको छ । २० लाखभन्दा माथिको कारोबारमा यो प्रणाली अनिवार्य नै गरिएको छ । ग्राहकहरुलाई पूर्ण रुपमा बानी नपर्दासम्म चेक पनि चलाउने राष्ट्र बैंकले जनाएको छ। अहिले बाणिज्य बैंकहरुमा मात्र सुरु गरिएको यो प्रणाली पुसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि अनिवार्य हुनेछ।
अहिले एउटा कारोबारको १० रुपैयाँ लाग्छ। बेलुकी भुक्तानी गर्नु परेमा १०० रुपैयाँसम्म शुल्क लाग्छ ।


