Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाली बैंकिङ प्रणाली नयाँ आयाममा प्रवेश, ठुलो रकम तत्कालै भुक्तानी ‘आरटीजीएसबाट’

२०७६ मंसिर १० गते

बैंकिङ खबर । नेपाली बैंकिङ प्रणाली नयाँ आयाममा प्रवेश गरेको छ । बैंकबाट ठुलो रकम भुक्तानी गर्दा लाग्ने समयको बचत तथा सरल भुक्तानी प्रणाली स्वरुप नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) प्रणाली सुरु गरेको हो । यो प्रणालीसँगै बैंकिङ क्षेत्रमा एक नयाँ प्रविधिको विकास भएको छ । जसअनुसार जुनसुकै बैंकको रकम जुनसुकै बेंकमा जम्मा गर्न सकिन्छ । चेकबाट भएका कारोबारमा रकम भुक्तानीमा लाग्ने समय अब बचत हुने भएको छ । विकसीत मुलुकहरुमा यो प्रणाली सुरु भइसकेका थिए भने नेपालमा पहिलोपटक संचालनमा आएको छ । गत शुक्रबारबाट कार्यान्वजयनमा आएको यो प्रविधिले धेरै रकम रकमान्तरणमा सहज हुने छ । यो प्रविधि कार्यान्वयनमा करिव ४ महिना समय लागेको हो । अहिले यो प्रणाली सबै वाणिज्य बैंकमा पूर्णरुपमा सुचारु भएको र केही समयपछि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । आरटीजीएस प्रणाली २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा प्रयोग गरिन्छ । २ लाख रुपैयाँभन्दा माथिको रकम भुक्तानीमा आरटीजीएस प्रणाली लागु गरिएको राष्ट्र बैंकले जनाएको छ । बेलायत सरकारको १९ अर्ब रुपैयाँ आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली स्थापना गरिएको हो । यो पद्धति अनुसार आफ्नो खाता भएको बैंकबाट अर्को जुनसुकै बैंकमा रकमान्तरण गर्न मिल्ने छ त्यसका लागि बैंकले दिएको डकुमेन्ट भरेर जुन बैंकमा गए पनि मेरो फलानो बैंकमा भएको रकम फलानो बैंकमा जम्मा गरिदिनु भन्ने कागज भरेपछि बैंकले तत्कालै अर्को व्यक्तिको खातामा रकम जम्मा गरिदिन्छ ।

Ad