बैंकिङ खबर । काठमाडौंमा आयोजित ‘बैंकिङ एक्स्पो २०१९’ मा झण्डै ५० हजार सर्वसाधारणले सहभागीता जनाएका छन् । कार्यक्रमका संयोजक एवम् मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले दुई दिनमा ५० हजारभन्दा बढी सर्वसाधारणहरुले स्टल भिजिट गरी कार्यक्रममा सहभागीता जनाएको जानकारी दिए । एक्स्पोमा बैंक तथा वित्तीय संस्थाका चार दर्जनभन्दा बढी स्टलहरु संचलन गरिएको थियो ।
‘एउटै छानामुनि राखिएका स्टलहरूमा बैंकिङ, बीमा, सेयर बजार, रेमिट्यान्स तथा फाइनान्सियल टेक्नोलोजीबारे जानकारी गराइएको थियो,’ अध्यक्ष निर्दोषले भने, ‘उद्यमशिलतामा बैंक तथा वित्तीय संस्थाको भूमिका उजागर गर्न तथा थप लगानीका लागि प्रोत्साहित गर्न पनि यो एक्स्पो महत्तवपूर्ण भएको हाम्रो विश्वास छ ।’
आइतबार एक भव्य समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एक्स्पोको उद्घाटन गरिएको एक्स्पोमा स्टलसँगै विभिन्न चार खण्डमा जानकारीमूलक सेसन सञ्चालन गरिको थियो ।
आइतबार एक्स्पो उद्घाटनपछि दिउँसो ३ बजे ‘बैंकिङ लगानी र उद्यमशिलता’का विषयमा अन्तर्क्रिया भएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका अधिकारी, बैंकर्स र उद्यमीबीच अन्तर्क्रिया भएको थियो ।
यस्तै सोमबार ‘लगानी र पुँजीबजार’सम्बन्धी छलफल भएको थियो भने दोस्रो खण्डको अन्तर्क्रियामा ‘स्वरोजगार, जीवन बीमा र निर्जीवन बीमा’ विशेष कार्यक्रम सञ्चालन गरिएको थियो ।कार्यक्रमको अन्तिम सेसनमा ‘फाइनान्सियल टेक्नोलोजी’ विशेष कार्यक्रम राखिएको थियो । यसपटकको एक्स्पोमा राखिएको यो नयाँ विषय हो ।
डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक्स्पो समापन गरेका थिए ।
नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गरेको एक्स्पोमा नेपाल बैंकर्स एसोसिएसन, नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसनले साझेदारी गरेका थिए । यस्तै, पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड, बीमा कम्पनीहरूको नियामक बीमा समिति र विभिन्न बीमा कम्पनी, युवा स्वरोजगार कोष सचिवालय, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०लगायतका संस्थाको पनि एक्स्पोमा विशेष समन्वय थियो ।
मिडिया इन्टरनेशनलले काठमाडौँमा गरेको यो तेस्रो बैंकिङ एक्स्पो हो ।