Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआई सी एशिया बैंक लिमिटेडको प्रथम त्रैमासिक वित्तीय विवरणका अधिकांश परिसूचकहरु उत्साहजनक

२०७६ कार्तिक ३० गते


बैंकिङ खबर । एनआई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६/७७ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैयमास सम्म वार्षिक विन्दुगत आधारमा ३५ प्रतिशत (रु.३७करोड) ले वृद्धि गरी रु. १ अर्ब ४३ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा ३४ प्रतिशत (रु. २६ करोड) को वृद्धि सहित रु. १अर्ब १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. ७५ करोड रहेको थियो ।

कर्जा तर्फ यस आर्थिक वर्षको प्रथम त्रैयमासमा रु. १३ अर्ब को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा रु. २४ अर्ब को वृद्धि गरी रु. १६३ अर्ब र निक्षेप संकलन तर्फ यस आर्थिक वर्षको प्रथम त्रैयमासमा रु. ४ अर्ब को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा रु. १७ अर्ब को वृद्धि गरी रु.१८५ अर्ब पुर्याउन सफल भएको छ । यसरी निक्षेप, कर्जा तथा अन्य वित्तीय परिसूचकहरुमा यस बैंक शिर्ष स्थानमा रहेको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रति शेयर आय ११ प्रतिशतले वृद्धि गरी रु. ४०.३८तथा स्वपूँजीमा प्रतिफल १८ प्रतिशतले वृद्धि गरी २७.०५ प्रतिशत पुर्याउन सफल भएको छ ।

हाल यस बैंकको मुलुकभर ३१० शाखाकार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्सटेन्सन काउण्टर एवं ४२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Ad