बैंकिङ खबर । हालसम्म १० वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । मर्जरमा जानका लागेका ग्लोबल आईएमई र जनता, सरकारी स्वामित्वको नेपाल बैंक लगायत प्रभु, सनराइज, सिटिजन्स, लक्ष्मी, प्राइम, सानिमा र सिद्धार्थले पनि विवरण सार्वजनिक गरिसकेका छन् । यी बैंकहरुमध्ये, नेपाल बैंक र सिद्धार्थ बैंकबाहेक अरुले नाफा बढाएको विवरण सार्वजनिक गरेका छन् ।
ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७५ करोड ३१ लाख ४४ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ४०.५५ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५३ करोड ५८ लाख ४४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २८ करोड ११ लाख ७३ हजार मात्रै रहेको छ ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ७.४१ प्रतिशतले वृद्धि गर्दै १ खर्ब २८ अर्ब ९९ करोड २ लाख ३३ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब २० अर्ब ८ करोड ८४ लाख ४० हजार निक्षेप संकलन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ८.७२ प्रसतिशतले वृद्धि गर्दै १ खर्ब १८ अर्ब ४८ करोड ७१ लाख ८० हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ८ अर्ब ९७ करोड ७६ लाख ७ हजार कर्जा लगानी गरेको थियो ।
१० अर्ब ४३ करोड ६५ लाख १५ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब १ करोड ३२ लाख २६ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ३०.२९ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७५ करोड ३१ लाख ४१ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात १०.२२ गुणा, पुँजीकोष अनुपात १२.०२ प्रतिशत, खरब कर्जा शुन्य दशमलव ८५ प्रतिशत, आधार ब्याजदर ९.४४ प्रतिशत, कोषको लागत ७.१३ प्रतिशत, सिसिडी रेसियो ७८.३६ प्रतिशत र स्प्रेड रेट ४.९९ प्रतिशत रहेको छ ।
प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६५ करोड ९७ लाख ६७ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा १३.३८ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५८ करोड १९ लाख २९ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २२ करोड ८८ लाख ४३ हजार मात्रै रहेको छ ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा २.०२ प्रतिशतले वृद्धि गर्दै ७८ अर्ब ५९ करोड ४९ लाख ३२ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ अर्ब ४ करोड ७४ हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ९.१३ प्रतिशतले वृद्धि गर्दै ७९ अर्ब १३ करोड ७२ लाख १९ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७२ अर्ब ५१ करोड ८६ लाख १४ हजार कर्जा लगानी गरेको थियो ।
९ अर्ब ६८ करोड ६८ लाख ५२ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ३ अर्ब २० करोड ८५ लाख ७९ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब ६ करोड ५ लाख ५ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ९.३ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ९७ करोड २ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ २४ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५३ रुपैयाँ ८ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात ९.६२ गुणा, पुँजीकोष अनुपात १२.७५ प्रतिशत, खराब कर्जा शुन्य १.१४ प्रतिशत, आधार ब्याजदर ९.६७ प्रतिशत, कोषको लागत ७.६७ प्रतिशत, सिसिडी रेसियो ७७.८६ प्रतिशत र स्प्रेड रेट ५.१८ प्रतिशत रहेको छ ।
प्रभु बैंक लिमिटेड
प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६२ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा बैंकको नाफा ५.०२ प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको मुनाफा ५९ करोड ८४ लाख रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ५.५७ करोड रहेको छ ।
यस अवधिमा बैंकको निक्षेप संकलन एक खर्ब छ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९१ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप र कर्जा क्रमश ०.९३ प्रतिशत र ६.८३ प्रतिशतले बढेको हो । बैंकको कुल ब्याज आम्दानी २४.१० प्रतिशतले बढेर १.४० अर्ब पुगेको छ ।
आठ अर्ब ८९ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा पाँच अर्ब ९६ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा २.५१ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी २८.२७, नेट वर्थ १६७.१२, मूल्य आम्दानी अनुपात ९.३७ गुणा, आधार दर ९.२४ प्रतिशत, कोषको लागत ६.१५ प्रतिशत, सिसिडि ७७.८१ र पुंजी पर्याप्तता अनुपात ११.०३ रहेको छ ।
सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५१ करोड ८८ लाख खुद मुनाफा आर्जन गरेको बैंकको नाफा आठ करोडले बढेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २७ करोड ५४ लाख रहेको छ ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा करिब ६ अर्बले वृद्धि गर्दै ९५ अर्ब ९२ करोड १७ लाख पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८९ अर्ब ३७ करोड ३७ लाख निक्षेप संकलन गरेको थियो।
बैंकले गत आर्थिक वर्षको तुलनमा कर्जा लगानी २ अर्बले वृद्धि गर्दै ८३ अर्ब ५२ करोड १३ लाख पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८१ अर्ब ४१ करोड ८८ लाख कर्जा लगानी गरेको थियो ।
८ अर्ब ८० करोड चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ५४ करोड ९० लाख ९९ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब १४ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा करिब १८ करोडले बढी हो।
यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात ११.५२ गुणा, पुँजीकोष अनुपात १२.६१ प्रतिशत, खराब कर्जा शुन्य दशमलव २४ प्रतिशत, आधार ब्याजदर ९.२१ प्रतिशत, कोषको लागत ७.२२ प्रतिशत, सिसिडी रेसियो ७८.८४ प्रतिशत र स्प्रेड रेट ४.४४ प्रतिशत रहेको छ ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले ५८ करोड १८ लाख २३ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ३६.३३ प्रतिशतले घटेकोे हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९१ करोड ३८ लाख ८३ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ६५ करोड ६६ लाख ५४ हजार मात्रै रहेको छ । बैंकको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप १.३५ प्रतिशतले घटेको छ । बैंकले असोज मसान्त सम्ममा १ खर्ब १४ अर्ब ७९ करोड ८२ लाख २१ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब १७ अर्ब २० करोड ७ लाख ८८ हजार निक्षेप संकलन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ०.२६ प्रतिशतले वृद्धि गर्दै ९२ अर्ब ६५ करोड ९२ लाख १० हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९२ अर्ब ४१ करोड ४० लाख ६४ हजार कर्जा लगानी गरेको थियो ।
९ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब २५ करोड ४८ लाख ७९ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब ३२ करोड ८२ लाख ६२ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ३.०५ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ३६ करोड ९९ लाख ९८ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २ सय ९९ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात १४.५४ गुणा, पुँजीकोष अनुपात १८.०१ प्रतिशत, खरब कर्जा २.७५ प्रतिशत, आधार ब्याजदर ७.८४ प्रतिशत, कोषको लागत ५.२२ प्रतिशत, सिसिडी रेसियो ६८.६३ प्रतिशत र स्प्रेड रेट ४.४७ प्रतिशत रहेको छ ।
सिद्धार्थ बैंक लिमिटेड
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंक लिमिटेडको नाफा पनि घटेको छ । असोज मसान्तसम्ममा बैंकले ५२ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ लाख रुपैयाँले कम हो । बैंकको वितरणयोग्य मुनाफा १८ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाहमा झिनो वृद्धि देखिएको छ । यसअवधिमा निक्षेप तीन प्रतिशतले बढेर एक खर्ब १८ पुगेको छ भने कर्जा प्रवाह ३.६३ प्रतिशतले बढेर एक खर्ब आठ अर्ब पुगेको छ । बैंकको मुख्य आम्दानी खुद ब्याज आम्दानी १५.२९ प्रतिशतले बढेर एक अर्ब २४ करोडबाट रुपैयाँ पुगेको छ ।
आठ अर्ब ८८ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडा कोषमा छ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशतबाट १.२८ प्रतिशतमा झरेको छ । त्यस्तै, बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा, नेटवर्थ प्रति सेयर १७३ रुपैयाँ २७ पैसा र मुल्य आम्दानीको अनुपात १२.५३ गुणा रहेको छ ।
सनराइज बैंक लिमिटेड
सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४५ करोड ४३ लाख ६७ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ३७.०६ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १५ करोड ८३ लाख ६२ हजार मात्रै रहेको छ ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ३.२६ प्रतिशतले वृद्धि गर्दै ७७ अर्ब ८९ करोड ४६ लाख ६६ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ अर्ब ४३ करोड २१ लाख ५० हजार निक्षेप संकलन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ५.३५ प्रतिशतले वृद्धि गर्दै ७२ अर्ब ५५ करोड १८ लाख ७१ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६८ अर्ब ८६करोड ५८ लाख १० हजार कर्जा लगानी गरेको थियो ।
८ अर्ब १५ करोड २५ लाख ५५ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ९४ करोड ९३ लाख ३८ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब १० करोड ५ लाख १४ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ३३.९१ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ८२ करोड १८ लाख ११ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ २९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५५ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात १०.७२ गुणा, पुँजीकोष अनुपात १२.७५ प्रतिशत, खरब कर्जा १.२७ प्रतिशत, आधार ब्याजदर ९.९७ प्रतिशत, कोषको लागत ७.१२ प्रतिशत, सिसिडी रेसियो ७८.०६ प्रतिशत र स्प्रेड रेट ४.५ प्रतिशत रहेको छ ।
लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४० करोड १९ लाख ४६ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ३२.६५ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३० करोड ३० लाख १७ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १९ करोड ९० लाख ६७ हजार मात्रै रहेको छ ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा २.३४ प्रतिशतले वृद्धि गर्दै ८२ अर्ब २० करोड ५७ लाख २ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८० अर्ब ३२ करोड ४६ लाख ३३ हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ४.८ प्रतिशतले वृद्धि गर्दै ७८ अर्ब १९ करोड ८४ लाख ३४ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७४ अर्ब ६१ करोड ५९ लाख कर्जा लगानी गरेको थियो ।
८ अर्ब ९२ करोड ५ लाख ९ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब २४ करोड २६ लाख ९३ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले ८६ करोड ५७ लाख ९२ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा १६.९९ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७४ करोड २९ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
प्रतिशेयर आम्दानी १८ रुपैयाँ २ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात ११.९३ गुणा, पुँजीकोष अनुपात ११.९ प्रतिशत, खराब कर्जा शुन्य १.०४ प्रतिशत, आधार ब्याजदर १०.२४ प्रतिशत, कोषको लागत ७.१९ प्रतिशत, सिसिडी रेसियो ७७.८८ प्रतिशत र स्प्रेड रेट ४.३३ प्रतिशत रहेको छ ।
जनता बैंक नेपाल लिमिटेड
ग्लोबल आईएमई बैंकसँग मर्ज हुन लागेको जनता बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा १३.९७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३२ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने १८.५३ करोड रहेको छ ।
यस अवधिमा बैंकको निक्षेप ७५ अर्ब तीन करोड र कर्जा ६८ अर्ब ५९ करोड पुगेको छ भने खुद ब्याज आम्दानी २५.४७ प्रतिशतले बढेर ९९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । आठ अर्ब चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा तीन अर्ब रहेको छ ।
बैंकको खराब कर्जा १.५४ प्रतिशतबाट घटेर १.३३ प्रतिशत कायम भएको छ । बैंकको प्रति शेयर आम्दानी १८.३४, नेट वर्थ १३७.५०, मूल्य आम्दानी अनुपात ११.६७ गुणा, आधार दर १०.१३ प्रतिशत, कोषको लागत ७.५३ प्रतिशत, सिसिडि ७९.९४ र पुंजी पर्याप्तता अनुपात १३.०६ रहेको छ ।
सिटिजन्स बैंंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ९१ लाख ६९ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ८८ लाख ११ हजार खुद मुनाफा आर्जन गरेको बैंकको नाफा १८.५७ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २१ करोड ३ लाख ६५ हजार मात्रै रहेको छ ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा २.८८ प्रतिशतले वृद्धि गर्दै ७२ अर्ब ४३ करोड ९१ लाख ७६ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७० अर्ब ३५ करोड ५४ लाख ७७ हजार निक्षेप संकलन गरेको छ ।
बैंकले गत आर्थिक वर्षको तुलनमा कर्जा लगानी ७.३८ प्रसतिशतले वृद्धि गर्दै ६७ अर्ब ५५ करोड ४१ लाख ८२ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६२ अर्ब ९२ करोड १९ लाख ७० हजार कर्जा लगानी गरेको थियो ।
बैंकले ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ९५ करोड २८ लाख ६२ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले ७० करोड ८३ लाख २५ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ५.९५ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७५ करोड ३१ लाख ४१ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ २० पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात ११.८९ गुणा, पुँजीकोष अनुपात १२.६६ प्रतिशत, खरब कर्जा शुन्य दशमलव ९८ प्रतिशत, आधार ब्याजदर १०.७५ प्रतिशत, कोषको लागत ८.३ प्रतिशत, सिसिडी रेसियो ७९.६२ प्रतिशत र स्प्रेड रेट ४.१६ प्रतिशत रहेको छ ।




