सन्राइज बैंक लिमिटेडले आफ्नो सातौं शाखारहित बैंकिङ्ग सेवा इलामको नँयाबजारमा शुरू गरेको छ । बैंकिङ्ग सेवा नपुगेका विभिन्न क्षेत्रहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्घेश्य अनुसार इलामको नयाँ बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकको इलाम शाखाका प्रमुख गुरूराज रेग्मी र स्थानीय बुिद्धजिवी एवंम् भूतपूर्व शिक्षक कमल कान्त रिमालले शुक्रबार एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा बैंकको इलाम शाखाका प्रमुख रेग्मीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि देवी प्रसाद अधिकारीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । शाखा कार्यालय नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठा छापबाट कारोबार गरिन्छ ।


