Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मूल्याङकनकर्ता इन्जीनियरहरु पक्राउ, राजमार्ग देखाएर खोलाको जग्गालाई कर्जा !

२०७६ कार्तिक २१ गते

बैंकिङ खबर । बैंकिङ कसुरमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । चार करोड ६० लाख ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । राम्रो जग्गा देखाएर बगर धितो राख्नेकार्यमा जोडिएका मूल्याङकन इन्जीनियरहरु समातिएका छन् । बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गर्ने सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनियर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा–४ घर भई काठमाडौं–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौं–३ महराजगञ्ज चक्रपथका भूपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९ घर भई हाल काठमाडौं नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर गाईघाटका कृष्ण कार्की पक्राउ परेको प्रहरीले जनाएको छ । स्वर्णिम एण्ड श्रीजन कम्पनीले बैंकबाट रु ४ करोड ६० लाख कर्जा निकाल्दा नक्कली कागजपत्र बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

Ad