Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डेपुटी गभर्नर श्रेष्ठ ‘राष्ट्र बैंकको संचालक समिति बैठक’ बाट बाहिरिए

२०७६ कार्तिक १७ गते

बैंकिङ खबर । राष्ट्र बैंकको संचालक समितिको बैठकमा आफ्नो विषय उठेपछि डेपुटी गभर्नर शिवराज श्रेष्ठ बैठकबाट बाहिरएका छन् । राष्ट्र बैंकले आइतबार अपरान्न ४ बजे संचालक समितिको बैठक बोलाएको थियो । संचालक समितिको बैठकमा नियमित विषय पछि डेपुटी गभर्नर श्रेष्ठको विषयमा कुरा उठाइयो । तत्पश्चात उनी बैठकबाट बाहिरीएका हुन् । श्रेष्ठमाथि मन्त्रीपरिषदले विभिन्न अनियमितताको आरोप लगाउँदै छानविन गर्न राष्ट्र बैंक संचालक समितिलाई पत्राचार गरेको थियो । डेपुटी गभर्नर श्रेष्ठले आफूलाई गभर्नर बन्नबाट रोक्नका लागि सुनियोजित षडयन्त्र भएको बताएका छन् । उनले कुनैपनि काम एक्लै गर्न नमिल्ने भन्दै राष्ट्र बेंक संचालक समितिबाट मात्रै सबै काम कार्बाही हुने उल्लेख गरेका छन् ।

Ad