Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को शाखा कार्यालय र एक्सटेन्सन काउण्टर विस्तार

२०७६ कार्तिक ४ गते

 


बैंकिङ खबर । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले चन्द्रनिगापुर, रौतहतमा तेह्रौं शाखा स्थापना गरेको छ । उक्त शाखाको चन्द्रनिगापुर नगरपालिकाका मेयर राम चन्द्र चौधरी तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समुपस्थितिमा औपचारिक उद्घाटन गरिएको हो । त्यस्तै, सोही दिन सिमरा, बारामा यस संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठबाट विधिवत रुपमा सिमरा एक्सटेन्सन काउण्टरको उद्घाटन एवं शुभारम्भ भएको छ ।

यस फाइनान्सले बैंकिङ्ग  सेवामा ATM सेवा, SMS Banking सेवा E-Banking सेवा, ECC सेवा, IPS/Connect IPS सेवा, Safe Deposit Locker सुविधा,Top up facilities, विभिन्न विप्रेशण (Remittance) सेवा तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बीमा सुविधा समेत दिदै आएको छ । साथै अब केही समयमै न्यूरोड, काठमाडौं र टंगल, ललितपुरमा थप चौधौं र पन्ध्रौ शाखा कार्यालयहरु विस्तार हुने फाइनान्सले उल्लेख गरेको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को २०७६ आश्विन मसान्तसम्म निक्षेप संकलन
रु. ३ अर्ब ८२ करोड रहेको तथा कर्जा रु.३ अर्ब २१ करोड प्रवाह गरी रु. २ करोड १० लाख संचालन मुनाफा गरेको संस्थाद्धारा छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २४ करोड ८७ लाख रहेको छ ।

Ad