
स्मारीका अग्रवाल । बैंकिङ खबर । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेड र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक लिमिटेड गाभिएर एकीकृत कारोवार सञ्चालन भइसकेको छ । एकीकृत कारोबारपछि बैंकको अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् भने सञ्चालक समितिमा थानेश्वर पौडेल, डा. ताराप्रसाद उपाध्याय, सुरज उप्रेती, मोहन चापागाई, सुर्दशन गौतम रहेका छन् ।
१० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक लिमिटेड र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडको एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको छ । साथै, बैंकको चुक्ता पूंजी रु। २ अर्व ६२ करोड, निक्षेप परिचालन रु। २६ अर्व ८७ करोड, कर्जा लगानी रु। २३ अर्व ८१ करोड, ग्राहक संख्या ३ लाख ७७ हजार र कर्मचारी संख्या ५४५ पुगेको छ ।
निकट भविष्यमा नेपाल राष्ट्र बैंकवाट स्विकृती प्राप्त गरि राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गर्ने र हाल कायम रहेको चुक्ता पूंजीको ४ ः १ ९चार शेयर बराबर १ शेयर० को अनुपातमा हकप्रद शेयर निष्काशन गरी पुँजी वृद्धि गर्ने बैंकको योजना छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गरेपछि असोज २७ गते देखि एकिकृत कारोबार भएको हो ।