Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

धितोपत्र बोर्डमा अध्यक्षको अवधि सकियो, डा. रेवतबहादुर कार्की बाहिरिँदै

२०७६ आश्विन २८ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष रहेका डा. रेवत बहादुर कार्कीको ४ वर्षे कार्यकाल पूरा भएको छ । उनी असोज २९ गते धितोपत्र बोर्डबाट बाहिरिँदै छन् । कार्की बाहिरिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहने छ । जसमा नयाँ अध्यक्ष बन्नका लागि विभिन्न व्यक्तिहरुले लभिङ गरेका छन् । अर्थमन्त्रालय अन्तरगत रहेको बोर्ड पुँजी बजारको नियमनकारी निकाय हो । नयाँ अध्यक्ष चुन्ने बेला अर्थमन्त्री आफै संकटमा परेका कारण केहीदिन लम्विन सक्ने संकेत देखिएको छ । अर्थमन्त्री फेर्ने तयारीमा सरकार रहेको छ । बोर्डको नयाँ अध्यक्षका लागि भीष्मराज ढुंगाना, टंक पनेरु, निलबहादुर सारु र बासुदेव अधिकारीको नाम चर्चामा छ । अधिकारी नेपाल बैंकको सिइओ नियुक्त भएका छन् ।

Ad