Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विश्व बैंकको प्रक्षेपण : यो वर्ष दक्षिण एसियाकै आर्थिक वृद्धिदर सुस्ताउने, नेपालको ६.४% रहने

२०७६ आश्विन २६ गते

बैंकिङ खबर । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको अवस्थामा विश्व बैंकले भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले आइतबार दक्षिण एसियाको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको थियो । जसअनुसार, दक्षिण एसियाकै आर्थिक वृद्धिदर यो वर्ष सुस्तता देखिने जनाइएको छ । दक्षिण एसियामा सबैभन्दा बढी आर्थिक वृद्धिदर भुटानले ७.४ प्रतिशत गर्ने उल्लेख गरिएको छ भने सबैभन्दा कम पाकिस्तानले २.४ प्रतिशत वृद्धिदर मात्रै हासिल गर्ने बताइएको छ । यसबाहेक, बंगलादेशको ७.२ प्रतिशत, भारतको ६.९ प्रतिशत, मालदिभ्सको ५.५ प्रतिशत, श्रीलंकाको ३.३ प्रतिशत र अफगानिस्तानको ३ प्रतिशत आर्थिक वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।

औद्योगिक क्षेत्रको घट्दो उत्पादन र निर्यात तथा वित्तीय क्षेत्रमा देखिएको मन्दीका कारण अर्थतन्त्र कमजोर हुने देखिएको विश्व बैंकले जनाएको छ । विश्व बजार तथा आन्तरिक बजारमा देखिएको अस्थिरताका कारण दक्षिण एसियाली देशले आर्थिक नीतिहरु वृद्धिदर बढाउने खालको लिनुपर्ने विश्व बैंकको तर्क छ ।

Ad