Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वाफियाप्रति सभामुखको ध्यानाकर्षण गराउन नागरिक समाजले बुझायो ज्ञापनपत्र

२०७३ असार ९ गते

onsariपूर्वप्रशासकहरु सहभागि रहेको नेपाल नागरिक समाजले बाफियामा बैक तथा वित्तिय संस्थाका संचालकहरुलाई हटाउन माग गर्दै सभामुख ओनसरी घर्ति मगरलाई ज्ञापन पत्र बुझाएका छन् । पूर्वगृहसचिव खेमराज रेग्मीको अध्यक्ष रहेको र अर्का पूर्वगृहसचिव जनार्दन नेपाल समेत संलग्न रहेको नागरिक समाजले बैक तथा वित्तिय संस्था सम्बन्धि ऐनको विधेयक (बाफिया) लगायत अन्य कानुन निर्माणमा सरोकारवाला संसदहरुलाई नराख्न सभामुख मगरको ध्यानाकर्षण गराएका हुन् ।
 
सरोकारवालाहरुकै स्वार्थमा कानुन बनाउने कुरा अन्तराष्ट्रिय मूल्य मान्यताका साथै प्राकृतिक न्यायको सिद्धान्तको पनि विपरित हुने भन्दै नागरिक समाजले नैतिकता भएको व्यक्ति स्वयम्ले त्यसबाट अलग भएर बस्नुपर्ने बताए । नैतिकता नै गुमाएर बस्नेलाई सभामुखले अर्थसमितिबाटै हटाउनुपर्ने उनीहरुले बताएका छन् । 

जवाफमा सभामुख मगरले यसलाई उचित सम्बोधन गर्ने गरी कदम उठाउने आश्वासन दिइन् ।